नयाँ स्वरूपको कोरोना भाइरस संक्रमण विश्वका ६० देशमा : डब्लुएचओ

Newslaya Home

नयाँ स्वरूपको कोरोना भाइरस संक्रमण विश्वका ६० देशमा : डब्लुएचओ

बुधबार ०७, माघ २०७७

काठमाडौं । नयाँ स्वरूपको कोरोना भाइरस विश्वका ६० देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनाएको छ ।

डब्लुएचओले बुधबार दिएको जानकारीअनुसार नयाँ भाइरस यो साताभरमा थप १० देशमा भेटिएको हो । महामारीको यो स्वरुप दैनिक नयाँ देशमा पुगिरहेको डब्लुएचओले जनाएको छ ।

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० लाखभन्दा बढी पुगेको डब्लुएचओको तथ्यांक छ । एक हप्ताभित्रमा मात्र कोरोना भाइरसबाट करीब ९३ हजार जनाको ज्यान गएको छ ।

यता बेलायतबाट निस्किएको भनिएको कोरोना भाइरसको नयाँ सङ्क्रमण पनि बढ्दो रुपमा विश्वमा फैलदै गएको छ ।

तर, त्यसमा यो नयाँ स्वरूपको भाइरसका कारण के कस्तो क्षति पुगेको छ भन्ने बारेमा भने केही अनुसन्धान भएको छैन ।