३ मिनेट पनि नबसी संसद बैठक स्थगित

Newslaya Home

३ मिनेट पनि नबसी संसद बैठक स्थगित

बुधबार ०७, माघ २०७७

विराटनगर । बुधबार बसेको प्रदेश १ को हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेटमै सकिएको छ । संसदको अर्को बैठक बारे टुंगो हुन सकेको छैन ।

सभामखु प्रदीपकुमार भण्डारीले संसदको सातौं तथा हिउँदे अधिवेशन आव्हान गरेको प्रदेश प्रमुख सोमनाथ प्यासी अधिकारीले पठाउनु भएको पत्र पढेर सुनाएसँगै बैठक स्थगित भएको घोषणा गरेका हुन् ।

यसअघि नेकपाका दुवै पक्षले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि संसदीय दलका नेताहरुले सम्बोधन गर्न नदिइएको हो ।

नेकपाको विभाजनपछि बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका प्रचण्ड–माधव समूहका १६ जना सांसदलाई बैठक कक्षमा प्रवेश गर्न नदिने योजना ओली समूहले बनाएको थियो । तर उनीहरुको समेत उपस्थिती रहेको थियो ।