प्रदेश १ को प्रदेशसभा अधिवेशन आजदेखि

मोरङ । प्रदेश नम्बर १ को प्रदेशसभा अधिवेशन आजदेखि शुरु हुँदैछ ।
मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावले यो पटकको अधिवेशन विशेष हुँदैछ । यस्तै संसदीय दलले प्रदेश सांसदहरुलाई कारवाही गरेको अवस्थामा नेकपा दुवै पक्ष र नेपाली कांग्रेसको बैठक बसेर रणनीति तयार गरेको छ ।
प्रदेश सभा अधिवेशनको उद्घाटन सत्रमा उक्त विषयले प्रवेश नपाउने बताइएको छ ।
प्रदेशसभा भवनमा बसेको नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रदेश सभा अधिवेशनलाई नियमित र शान्तिपूर्वक सूचारु गर्नुपर्ने र यसका लागि सभामुखले प्रमुख भूमिका खेल्नुपर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले जानकारी दिए । प्रदेश सभा भवनको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।