कोभिडका कारण थप १२ लाख नेपाली गरिब

Newslaya Home

कोभिडका कारण थप १२ लाख नेपाली गरिब

मङ्गलबार ०६, माघ २०७७

कोभिड– १९ को कारण थप १२ लाख नेपाली गरिबीको रेखामुनि झरेका छन् ।

गरिबीको रेखामुनि रहेका नेपालीको संख्या ६८ लाख पुगेको छ ।

विश्वव्यापी मान्यताअनुसार दैनिक १ दशमलव ९० अमेरिकी डलर (दुई सय २२ रुपैयाँ अर्थात् महिनामा ६ हजार ६ सय रुपैयाँ) भन्दा पनि कम आयस्तर हुने जनता यो समूहमा पर्छन् ।

कोभिड प्रभावसम्बन्धी राष्ट्रिय योजना आयोगले गरेको अध्ययनले लकडाउनका कारण आर्थिक गतिविधि ठप्प हुँदा कुल जनसंख्या (तीन करोड)को थप ४ प्रतिशत जनता गरिबीको रेखामुनि पुगेको निष्कर्ष निकालेको हो ।

सरकारले आर्थिक वर्ष ०७६/७७ मा १६ दशमलव ७ प्रतिशतमा झार्ने लक्ष्य निर्धारण गरेको थियो । तर, यो रेखामुनि भएका जनताको संख्या २२.७ प्रतिशत पुगेको छ ।

यससँगै अब नेपालमा निरपेक्ष गरिबीको रेखामुनि रहेका जनताको संख्या ६८ लाख पुगेको छ ।