प्रदेश २ मा भोलि सार्वजनिक बिदा

Newslaya Home

प्रदेश २ मा भोलि सार्वजनिक बिदा

आइतबार ०४, माघ २०७७

महोत्तरी । प्रदेश नम्बर २ सरकारले सोमबार प्रदेशमा सार्वजनिक बिदा दिएको छ । सोमबार बलिदानी दिवसको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको मुख्यमन्त्री सञ्चार सचिवालयले जनाएको छ ।

मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ ।

बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ । यस वर्ष भने प्रदेश २ का विभिन्न ठाउँमा दिवस मनाइने बताइएको छ ।