विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३१९ पुग्यो

Newslaya Home

विदेशमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या ३१९ पुग्यो

आइतबार ०४, माघ २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट विदेशमा थप दुई नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूकेमा एक जना र दक्षिण अफ्रिकामा एक जनाको मृत्यु भएको हो ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा ३१९ पुगेको छ ।

संघको स्वास्थ्य समिति संयोजक सन्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार पाँच सय ९१ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५२ हजार ९ सय ४५ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, जापान, दक्षिण अफ्रिकालगायत मध्यपूर्वमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।