औषधि लिन जान्छु भन्दै घरबाट निस्किएका इटहरीका एक युवक बेपत्ता

Newslaya Home

औषधि लिन जान्छु भन्दै घरबाट निस्किएका इटहरीका एक युवक बेपत्ता

आइतबार ०४, माघ २०७७

इटहरी । औषधि लिन जान्छु भन्दै घरबाट निस्किएका इटहरी–१४ गैसारका हसमुदिन नाम गरेका युवक एक महिनादेखि बेपत्ता भएका छन् ।

पुष ७ गते घरबाट विराटनगरमा औषधि लिन भनेर बिहान ११ बजे एक्लै हिडेको भएपनि हालसम्म सम्पर्कमा नआएकाले खोजी गरिदिन उनका बाबु मोहम्मद अजिजले आग्रह गरेका छन् ।

उनका अनुसार ईलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिएको भएपनि भेटिएका छैनन् । हसमुदिनका एक श्रीमती र एक छोरी रहेका छन् ।

कतै भेटिएमा परिवारको ९८१३२४३११९, ९८१९०६१३६५ नम्बरमा सम्पर्क गरिदिन अजिजले आग्रह गरेका छन् ।