गुडिरहेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु, ३ दर्जन बढी घाइते

Newslaya Home

गुडिरहेको बसमा आगलागी हुँदा ६ जनाको मृत्यु, ३ दर्जन बढी घाइते

आइतबार ०४, माघ २०७७

काठमाडौं । भारतको राजस्थानमा गुडिरहेको एक बसमा हाइभोल्टेजको करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ । भारतीय मिडियामाका अनुसार राजस्थानको जालोरमा शनिबार राति ११ बजे यस्तो घटना घटेको हो ।

उनीहरु सबै जैन धर्मावलम्बीहरु रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ । उनीहरू रास्थानको ब्यावर र अजमेर क्षेत्रका हुन् । उनीहरु जालोरमा रहेको जैन मन्दिरमा दर्शन गर्न गएका थिए । मन्दिर दर्शन गरेर फर्कन क्रममा बाटो भुलेर जालोर जिल्लाको महेशपुरा गाउँ पुगेका थिए ।

सडकको धेरै तलबाट लगिएको ११ हजार भोल्टेजको हाइटेन्सन लाइनदेखेर सहचालकले त्यसलाई हटाउन खोज्दा बसमा तार सर्ट भइ करेन्ट लागेको थियो । करेन्ट सर्ट भएपछि बसमा आगो लाग्न सुरुभयो ।

करेन्ट र आगोमा जलेर बसका चालक सहचालकसहित ६ जनाको मृत्यु भएको बताइएको छ । करिब ३ दर्जन भन्दा बढी व्यक्ति घाइते भएका छन् ।