भारतमा पहिलो दिन २ लाख जनाले लगाए कोरोनाविरुद्ध खोप, केहीमा एलर्जी देखियो

Newslaya Home

भारतमा पहिलो दिन २ लाख जनाले लगाए कोरोनाविरुद्ध खोप, केहीमा एलर्जी देखियो

आइतबार ०४, माघ २०७७

काठमाडौं । भारतमा कोरोनाविरुद्ध खोप अभियानअन्तर्गत पहिलो दिन करिब २ लाख जनाले खोप लगाएका छन्।

त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार शनिबार १ लाख ९१ हजार नागरिकलाई खोप दिइएको हो। तीन हजार ३५१ सत्रमार्फत कोभ्याक्सिन र कोभिसिल्ड खोप दिइएको हो।

भारतमा सञ्चालित यो खोप अभियानलाई विश्वकै ठूलो खोप अभियान भनिएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयले खोप लगाएका कसैमा पनि कुनै समस्या नदेखिएको दाबी गरेको छ तर दिल्लीमा खोप लिएका केही व्यक्तिमा एलर्जीको समस्या भएको घटना दर्ता भएका छन्।

मिडिया रिपोर्टका अनुसार ती मानिसलाई स्थानीय प्रशासनले निगरानीमा राखेको छ।