उपत्यकाका अधिकांश विद्यालय आजबाट संचालन हुने

Newslaya Home

उपत्यकाका अधिकांश विद्यालय आजबाट संचालन हुने

आइतबार ०४, माघ २०७७

काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालयहरु आजबाट संचालनमा आउने भएका छन् । कोरोना महामारीका कारण झण्डै ९ महिनाअघिबाट उपत्यकाका विद्यालयहरु बन्द रहेका थिए ।

यसबीचमा अनलाईन कक्षाहरु संचालन भएपनि भौतिक उपस्थितीमा भने कक्षा संचालन हुन सकेको थिएन । काठमाडौं उपत्यकाका विद्यालयहरु पूर्ण रुपमा संचालन गराउन माघ १ गतेबाट महानगरले अनुमति दिएको थियो । तर विभिन्न तयारीमा समय लागेका कारण केहि दिनको अन्तरालपछि विद्यालयहरु संचालनमा आउन लागेका हुन् ।

विद्यालयमा उपस्थित हुने शिक्षक विद्यार्थीको स्वास्थ्य परीक्षणअनिवार्य गरिएको छ भने शिक्षक र विद्यार्थीबीच भौतिक दुरी अनिवार्य कायम गुर्नुपर्नेछ ।