देशका केही स्थानमा आंशिक बदलीको सम्भावना

Newslaya Home

देशका केही स्थानमा आंशिक बदलीको सम्भावना

आइतबार ०४, माघ २०७७

काठमाडौं । आज केही प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिक बदली हुने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुुसार आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहनेछ भने देशका बाँकि भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी आइतबार राति पनि देशका पहाडी भू–भागमा आंशिक बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।