गुडिरहेको ट्रकमा अचानक आगो लागेपछि....

Newslaya Home

गुडिरहेको ट्रकमा अचानक आगो लागेपछि....

शनिबार ०३, माघ २०७७

पोखरा । पोखराबाट चितवनतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रकमा शनिबार बिहान अचानक आगलागी भएको छ।

पृथ्वी राजमार्गको व्यास नगरपालिका–१२ तनहुँको कमलबारीमा गुडिरहेकै अवस्थामा अचानक आगलागी भएको तनहुँ प्रहरी प्रवक्ता डिएसपी युवराज तिमिल्सिनाले जानकारी दिएका छन् ।

आगलागीका कारण ट्रक पूर्णरुपमा क्षती भए पनि मानवीय क्षती नभएको प्रवक्ता तिमिल्सनाले जनाए। ट्रकमा आगलागी भएपछि प्रहरी र दमकलले आगो नियन्त्रणमा लिएका थिए।

ट्रकको आन्तरिक समस्याका कारण आगलागी भएको अनुमान गरिएको उनले बताए।

पोखरामा सिमेन्ट पुर्‍याएर चितवन फर्किदै गरेको ट्रक रित्तै रहेको प्रहरीले जनाएको छ। आगलागीको कारण भने पत्ता लागेको छैन।