इटहरी दुर्घटना अपडेट : एक जनाको घट्नास्थलमै मृत्यु

इटहरी । इटहरी–१ आँपगाछीमा भएको दुर्घटनामा एक जनाको घट्नास्थलमै मृत्यु भएको छ ।
इटहरीबाट धरानतर्फ जाँदै गरेको को ३२ प ६७१६ नम्बरको मोटरसाइकल र धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ५५२७ नम्बरको ट्रक एक आपसमा ठक्कर हुँदा एक जनाको मृत्यु भएको ट्राफिक प्रहरी पोष्ट तरहराका हवल्दार भुवन बिकले जानकारी दिएका छन् ।
प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक धरान–१० का ३० वर्षीय विक्रम चेमजोङ रहेका छन् ।
त्यस्तै, मोटरसाइकलमा सवार धरान–१० कै साइल तुलाधर घाइते भएका छन् । उनको इटहरीस्थित एक अस्पतालमा उपचार भैरहेको छ भने मृतकलाई धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाइएको छ ।
ट्रक चालक धरान–५ का ४३ वर्षीय अमर बहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।