५० वर्षको उमेरमा विवाह गर्दै मुख्यमन्त्री शेरधन राई

Newslaya Home

५० वर्षको उमेरमा विवाह गर्दै मुख्यमन्त्री शेरधन राई

शुक्रबार ०२, माघ २०७७

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले ५० वर्षको उमेरमा विवाह गर्ने भएका छन् । सबैभन्दा कान्छो मुख्यमन्त्रीको रुपमा रेकर्ड बनाएका राईले यही माघ ११ गते विवाह गर्ने भएका हुन् ।

राईको जन्म २०२७ साल फागुन ११ गते भोजपुरमा भएको थियो ।

पूर्व सूचना तथा संचार प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ताको जिम्मेवारी निभाइसकेका राई २०७५ फागुन २ गते प्रदेश नं. १ को मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्री भइसक्दा पनि अविवाहित रहेपछि उनको विवाह धेरैको लागि चासोको विषय बनेको थियो । उनले प्रदेशको नाम राखेपछि मात्र विवाह गर्ने जनाउँदै आएका थिए । तर उनले अमेरिका बस्दै आएकी काठमाडौंकी शेर्पा थरकी युवतीसँग विवाह गर्ने पक्का भएको जनाइएको छ । विवाह भोज भने काठमाडौं र विराटनगरमा हुने निश्चित भइसकेको बताइएको छ ।