धरानका ९ हजार बढी पुराना घरहरु भुकम्पीय जोखिममा

Newslaya Home

धरानका ९ हजार बढी पुराना घरहरु भुकम्पीय जोखिममा

शुक्रबार ०२, माघ २०७७

धरान । उपत्यका बाहिर राष्ट्रिय भवन निर्माण संहिता लागु गर्ने धरान पहिलो नगर हो । २०६४ मा संहिता लागु भएयता धरानमा निर्माण भएका घर तथा भौतिक संरचनाहरु भुकम्पीय जोखिमबाट सुरक्षित छन् ।

तर, संहिता लागु हुनअघि निर्माण भएका धरानका घरहरु भने अझै असुरक्षित रहेको उपमहानगरपालिकाले जनाएको छ । संहिता लागु हुनुअघि धरानमा निर्माण भएका घरहरुको संख्या ९ देखि १० हजार रहेको जानइएको छ । ती घरहरु भुकम्पीय दृष्टिले असुरक्षित एवं उच्च जोमिममा छन् ।

२३ औं राष्ट्रिय भुकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार नेपाल रेडक्रस सोसाइटी सुनसरीले आयोजना गरेको कार्यक्रममा धरान उपमहानगरका इञ्जिनियर सुरज श्रेष्ठले ती पुराना घरहरुलाई सुरक्षित बनाउन रेट्रोफिटिङ (भुकम्प प्रवलीकरण) गर्नुपर्ने सुझाव दिए ।