अवैध रकमसहित सिरहाबाट दुई जना पक्राउ

Newslaya Home

अवैध रकमसहित सिरहाबाट दुई जना पक्राउ

बुधबार २९, पुष २०७७

सिरहा । प्रहरीले अवैध रकमसहित बुधबार सिरहाबाट दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स ८ प ९६१४ नम्बरको मोटरसाइकललाई जाँचका क्रममा स्रोत नखुलेको अवैध ९ लाख ३९ हजार ९ सय १५ नेपाली रुपैयाँसहित बरियारपट्टी गाउँपालिका–२ का ४० वर्षीय मोहम्मद सगिर मियाँ र २४ वर्षीय मेहदी मन्सुरलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।