सुन्दरहरैचास्थित झरना खोलामा एक पुरुषको शव फेला

सुन्दरहरैचा । मोरङको सुन्दरहरैचा नगरपालिकामा बुधबार एक जना पुरुषको शव फेला परेको छ । वडा नं ११ बेलेपुर स्थित झरना खोलामा डुबिरहेको अवस्थामा ३३ वर्षीय मनोज शाहको शव भेटिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।
प्रहरीका अनुसार शाह मोरङको ग्रामथान–७ का रहेका छन् । स्थानियले दिउँसो करिब १२ बजे खोलामा डुबिरहेको अवस्थामा शाहको शवलाई फेला पारेका थिए ।
स्थानियले प्रहरीलाई जानकारी दिए पश्चात् बेलबारी प्रहरीबाट खटीएको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।