अमेरिकामा पहिलोपटक महिलालाई दिइयो मृत्युदण्ड

Newslaya Home

अमेरिकामा पहिलोपटक महिलालाई दिइयो मृत्युदण्ड

बुधबार २९, पुष २०७७

काठमाण्डौ । अमेरिकामा मृत्युदण्ड पर्खिरहेकी एक महिलालाई सर्वोच्च अदालतले कानूनी अडचन फुकाएपछि मृत्युदण्ड दिइएको छ ।

लिसा मोन्टगोमरी नामक ५२ वर्षीया ती महिलालाई स्थानीय समयअनुसार बुधवार बिहान इन्डियानास्थित फेडरल करेक्सनल कम्प्लेक्समा मृत घोषणा गरिएको हो ।

कान्सास घर भएकी मोन्टगोमरीले मिसूरीमा सन् २००४ मा गर्भवती महिला बबी जो स्टिनेटको पेट काटेर बच्चा निकालेकी थिइन् र आफ्नै बच्चा जस्तो गरी प्रस्तुत गर्न खोजेकी थिइन् । स्टिनेटको हत्या गरेकोमा उनलाई मृत्युदण्ड दिइएको हो ।