विराटनगर भन्सारनजिक भारतीय ट्रकभित्र चालकको शव फेला

Newslaya Home

विराटनगर भन्सारनजिक भारतीय ट्रकभित्र चालकको शव फेला

बुधबार २९, पुष २०७७

विराटनगर । विराटनगर भन्सार कार्यालयनजिक भारतीय नम्बर प्लेटको मालबहाक ट्रकभित्र मृत्यु भएको अवस्थामा चालकको शव फेला परेको छ ।

विराटनगर–१८ भेडियारीस्थित खोक्सामा राखिएको पीबी ०९ एक्स २९६४ नम्बरको ट्रकभित्र मंगलबारराति सुतेका चालक भारत पञ्जाव घर भएका ५३ वर्षीय नुर मोहम्मद बुधबार(आज) मृत भेटिएका हुन् ।

इलाका प्रहरी कार्यालय रानीकाअनुसार चालक नुर र पञ्जाव नै घर भएका सह–चालक २५ वर्षीय अब्दुल लतिक खाना खाएर मंगलबारराति ट्रकभित्र सुतेको खुलेको छ ।

बुधबार बिहान उठेर हेर्दा चालकलाई मृत्यु भएको अवस्थामा देखेकोभन्दै सह–चालकले प्रहरीलाई खवर गरेको जनाइएको छ । मृत्युको कारण थाहा नभएको र शवलाई पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल लगेर घटनाको अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।