युट्युबले पनि लगायो ट्रम्पमाथि प्रतिबन्ध

Newslaya Home

युट्युबले पनि लगायो ट्रम्पमाथि प्रतिबन्ध

बुधबार २९, पुष २०७७

काठमाण्डौ । युट्युबले पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि प्रतिबन्ध लगाएको छ।

ट्रम्पले आफ्नो कम्पनीका नीतिहरू उल्लंघन गरेको उल्लेख गर्दै युट्युबले ट्रम्पको च्यानलमा पोष्ट भएका नयाँ भिडिओहरू हटाएको छ भने कम्तिमा सात दिन नयाँ भिडिओ पोष्ट गर्न नपाउने गरी उनीमाथि प्रतिबन्ध लगाएको छ।

युट्युबमा ट्रम्पको च्यानलमा २७ लाख सब्स्क्राइबर्स छन्। यसअघि सामाजिक सञ्जाल ट्वीटर र फेसबुकले ट्रम्पका खाता निलम्बन गरेका थिए।

गत साता अमेरिकी संसदमा ट्रम्पको उक्साहटमा उनका समर्थकहरूले हिंसा फैलाएपछि ट्रम्पविरूद्ध सामाजिक सञ्जालहरूले प्रतिबन्ध लगाउन थालेका हुन्।