आज प्रदेश १ मा हल्का वर्षाको सम्भावना

Newslaya Home

आज प्रदेश १ मा हल्का वर्षाको सम्भावना

बुधबार २९, पुष २०७७

काठमाडौं । हाल नेपालमा उल्लेखनीय मौसम प्रणाली नभए पनि बुधबार बिहान देशको पहाडी भेगमा मौसम आंशिक बदली छ भने तराईमा हुस्सु/कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार देशका विभिन्न भूभागमा तापक्रममा हल्का गिरावट आउनाका साथै तराईका केही भूभागमा हुस्सु/कुहिरोसमेत लाग्ने सम्भावना रहेको छ ।