विराट र अनुष्कालाई पुत्रीलाभ

Newslaya Home

विराट र अनुष्कालाई पुत्रीलाभ

मङ्गलबार २८, पुष २०७७

काठमाण्डौ । अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली छोरीका माता–पिता बनेका छन् ।

अनुष्काले सोमबार बेलुका छोरीलाई जन्म दिएकी हुन् । उनीहरुको छोरीको पहिलो फोटो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । विराटका भाइ विकास कोहलीले आफ्नी भतिजीलाई स्वागत गर्दै उनको फोटो इन्स्टाग्राममा सार्वजनिक गरेका हुन् ।

विकासको यो पोस्टले कम समयमा नै धेरै इन्स्टाग्राम प्रयोगकर्ताको माया पाइरहेको छ ।