बढ्यो सुनचाँदीको मूल्य

Newslaya Home

बढ्यो सुनचाँदीको मूल्य

मङ्गलबार २८, पुष २०७७

काठमाडौं । पछिल्ला केहि दिनयता निरन्तर ओरालो लागेको सुनचाँदीको मूल्य मंगलबार (आज ) बढेको छ । अघिल्लो दिन सोमबारको तुलनामा मंगलबार ६ सयले सुनको मूल्य वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९२ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुनको मूल्य ९२ हजार २ सय तोकिएको थियो ।

यस्तै सोमबार ९१ हजार ७ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आज ९२ हजार तीन सय कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज बढेको छ । चाँदीको मूल्य मंगलबार तोलाको १२ सय ५० रुपैयाँ कायम गरिएको छ । यो मूल्य सोमबारको तुलनामा २० रूपैयाँ बढी हो ।