विराटनगर विमानस्थल विस्तारका क्रममा ३ सय घर विस्थापित हुने

Newslaya Home

विराटनगर विमानस्थल विस्तारका क्रममा ३ सय घर विस्थापित हुने

मङ्गलबार २८, पुष २०७७

विराटनगर । विराटनगर विमानस्थल विस्तारका क्रममा विस्थापित हुन लागेका तीन सय घर परिवारले आन्दोलन गर्ने भएका छन् । १२६ विघा जमिन अधिग्रहणका क्रममा तीन सय घर परिवार विस्थापित हुने भएका छन् । उनीहरुले उचित मुआब्जा र क्षतिपूर्तिको पहल गर्नका लागि १५ सदस्यीय सङ्घर्ष समिति गठन गरेका छन् ।

विराटनगर महानगरपालिकाको वडा नम्बर ४ मा रहेको विमानस्थल विस्तारबाट विस्थापित हुनेहरुले वेदराज पौडेलको संयोजकत्वमा विराटनगर विमानस्थल पीडित सङ्घर्ष समिति गठन गरेका हुन् ।

विमानस्थल विस्तारमा कुनै अवरोध नगर्ने तर पाउने क्षतिपूर्ति न्यायसङ्गत व्यावहारिक हुनुपर्ने विषयमा पहल गर्ने पौडेलले बताए ।

विमानस्थल मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नम्बर ४ र सुनसरीको बर्जू गाउँ पालिका सम्म विस्तार हुने छ । क्षेत्रीय स्तरको निर्माण सम्पन्न हुँदा नेपालको दुई जिल्ला छुने यो एक मात्र विमानस्थल बन्ने छ । विस्तार हुँदा विमानस्थलको धावनमार्गको लम्बाइ दुई हजार ५०० सय मिटर लामो हुने छ ।