एन्फाका पूर्वमहासचिव शाहीको निधन

Newslaya Home

एन्फाका पूर्वमहासचिव शाहीको निधन

सोमबार २७, पुष २०७७

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर तथा अखिल नेपाल फुटबल संघ (एन्फा)ंका पूर्वमहासचिव लोकबहादुर शाहीको निधन भएको छ ।

६५ वर्षको उमेरमा शाशीको आइतबार साँझ दैलेखमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

उनले सन् १९८२ देखि १९८९ सम्म नेपालको राष्ट्रिय टिमबाट खेलेका थिए । नेपालले सन् १९८४ मा साफ फुटबलको स्वर्ण पदक जित्दा शाही सदस्य थिए । पछि उनी एन्फाको महासचिव बने ।