बिरालोलाई अस्पतालमा ‘सेक्यूरिटी गार्ड’को जागिर !

Newslaya Home

बिरालोलाई अस्पतालमा ‘सेक्यूरिटी गार्ड’को जागिर !

आइतबार २६, पुष २०७७

काठमाडौं । कोरोना भाइरसको संक्रमण अहिले विश्वभर नै व्याप्त छ । यस महामारीका कारण करोडौँ मानिसहरु बेरोजगार बन्न पुगेका छन् । जसका कारण हरेक देशमा बेरोजगारी बढ्दै गएको छ । तर अष्ट्रेलियामा भने एक अनौठो घटना भएको छ ।

त्यहाँको इप वर्थ अस्पतालमा एक बिरालोलाई जागिर दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिरालोको नाम इलवुड रहेको छ । र अष्ट्रेलिया शहरको रिचमण्ड शहरमास्थित इपवर्थ अस्पतालले सिक्योरिटी गार्डको रुपमा बिरालोलाई जागिर दिएको हो ।

जो अहिले गेटमा सिक्योरिटीको काम गरिरहेको छ । उसलाई आईडी कार्ड समेत लगाईदिइएको छ ।