सिनेमा हल खोल्ने सरकारको निर्णय

Newslaya Home

सिनेमा हल खोल्ने सरकारको निर्णय

आइतबार २६, पुष २०७७

काठमाडौं । सरकारले सिनेमा हल खोल्ने निर्णय गरेको छ । आज (आइतबार) बसेको मन्त्रिपरिषदको बैठकले गत चैत्र ७ गतेबाट बन्द रहेको सिनेमा हल खोल्ने निर्णय गरेको हो ।

स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिनेमा हल खोल्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

चैत्रदेखि सिनेमा हल बन्द हुँदा चलचित्र घरहरुले मात्रै करिब २ अर्ब रुपैयाँ घाटा बेहोर्नु परेको थियो । नेपालभर करिब २०० सिनेमा घर छन् ।

निर्माता संघका अनुसार एक अर्ब लगानीका चलचित्र निर्माण सम्पन्न भएर बसेका छन् ।

आज बिहान चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी र नायक शिव श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सिनेमा हल खोल्न आग्रह गरेका थिए ।