भायनेटको सिस्टम ह्याक गरी ग्राहकका विवरण सार्वजनिक गर्ने व्यक्ति पक्राउ

काठमाडौं । भायनेटको सिस्टम ह्याक गरी स्क्रिप्ट सार्वजनिक गर्ने व्यक्तिलाई पक्राउ गरिएको छ । प्रहरीले रुपन्देही तिलोत्तमा नगरपालिका–१ का १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई ईलाका प्रहरी कार्यालय, बुटवलको सहयोगमा साइबर ब्युरोले आइतबार पक्राउ गरेको हो।
उनले भायनेट कम्युनिकेशन प्रा.लि इन्टरनेट सेवा प्रदायकका ग्राहकहरूको तथ्यांकहरूमा अनधिकृत रुपमा पहुँच पुर्याएका थिए।
उनीमाथि फेसबुक, इन्स्टाग्राम, ट्वीटरका सामाजिक सञ्जालमा स्क्रिप्ट सार्वजनिक गरेको आरोप छ।
ब्युरोका प्रमुख एसएसपी नविन्द अर्यालका अनुसार उनको ह्याकिङ नाम नरपिचास हो। उनले ह्याक गर्दा आफ्नो नाम नरपिचास प्रयोग गर्थे।
उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ।