इटहरीका अग्रज संगीतकर्मी राम धामीको निधन

Newslaya Home

इटहरीका अग्रज संगीतकर्मी राम धामीको निधन

आइतबार २६, पुष २०७७

इटहरी । इटहरीका अग्रज संगीतकर्मी तथा पुर्व प्रज्ञा सदस्य राम धामीको निधन भएको छ । निमोनियाले गम्भीर बिरामी भएका उनको उपचारको क्रममा धरानस्थित वीपी प्रतिष्ठानमा निधन भएको हो ।

कोरोना पोजेटिभ भएर दुई हप्ताअघि उनलाई धरानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । गत बुधबारको पिसिआर रिपोर्टअनुसार कोरोना नेगेटिभ देखिए पनि निमोनियाले ग्रस्त बनाएपछि आइसियुमा उपचार सुरु गरिएको थियो ।

स्वास्थ्य अवस्था अस्थिर बनेपछि उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरिएको थियो ।

उनको शवलाई आजै घर ल्याइने बताइएको छ । यस्तै भोलि बिहान शवलाई ८ बजेदेखि १० बजेसम्म संगीत साधना प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि बुढिगंगामा दाहसंस्कार गरिने बताइएको छ ।

धामी इटहरीस्थित संगीत साधना प्रतिष्ठानका अध्यक्ष थिए । साथै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्यसमेत थिए । उनी विगत लामो समयदेखि इटहरीमा संगीत प्रशिक्षणमा सक्रिय थिए ।