एक नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण सम्पन्न

Newslaya Home

एक नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण सम्पन्न

आइतबार २६, पुष २०७७

झापा । झापाको मेचीनगरमा १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा पाचथरका दिवस शंकर विक र एशिया जवेगुको जोडीलाई २१—१४, १९—२१ ,१९—२१ को वेष्ट अफ थ्रीमा पराजित गर्दे पविन लिङथेप र पेम्बा शेर्पाको जोडीले जितेको हो ।

जीतसँगै नगद ५१ हजार रुपैयाँ ट्रफि, मेडल र प्रमाण पत्र हात पारेको थियो । उपविजेता टिम पाचथरका दिवस शंकर विक र एशिया जवेगुको जोडीले नगद ३१ हजार रुपैयाँ र शील्ड तथा प्रमाण पत्रमा चित्त बुझायो ।

धरान सुनसरीका सूर्य श्रेष्ठ र विशाल तामाङ, मेची व्याडमिन्टन क्लब मेचीनगरका सुजन श्रेष्ठ र प्रनिससिहं ठकुरीको जोडीले तेस्रो स्थानका साथ नगद २० हजार रुपैयाँ र शील्ड तथा प्रमाण पत्र प्राप्त गरेको थियो । प्रतियोगिताको मेन्स डबल्स तर्फको पहिलो नगद पुरस्कार मेची नेत्रालय आँखा अस्पतालले प्रायोजन गरेको हो ।

यसैगरी भेट्रान डबल्सतर्फको उपाधि खोटाङका दीपक राई र सुनिल परियारको जोडीले जितेको छ । जीतसँगै नगद नगद २५ हजार रुपैयाँसहित ट्रफि, मेडल र प्रमाण पत्र हात पारे । खोटाङको जोडीले झापा विर्तामोड व्याडमिन्टन क्लबका सञ्जय भक्तराज र गणेश कार्कीको जोडीलाई २१—२३, १५—२१ को सोझो सेटमा पराजित गरेको थियो ।

मेची ब्याडमिन्टन क्लब काँकरभिट्टाको आयोजनामा मेची सामुदायिक भवनमा प्रतियोगिता सम्पन्न भएको थियो ।