आखिर के गल्ती गरे होलान् !
– संजय रौनियार
आखिर के गल्ती गरे होलान्
ति वूध्दहरूले जो आज
वृद्धाश्रममा एकांकी जिवन
बिताईरहेका छन् ।
जुन समय मानिसलाई अपनत्व
को बढी माया, स्नेह र प्रेम
चाहिन्थ्यो।
आखिर के गल्ती थिएँ ?
उनिहरुको जो कि हामीलाई
जन्म दिई पाल्यो, पोस्यो र
न्यानो माया दिई, आफु नखाई
आफ्नो शिशुलाई खुवाई हुर्कायो।
आखिर के गल्ती थिएँ ?
औंला समाति हिड्न लगायो।
दुःख, सुख गरेर भएपनि
हामीलाई पढाई, लेखाई, बिद्वान
बनायो।
तर आज हामी ठुला भैसक्योम्
आफ्नो सहि, गल्ती गर्ने निर्णय
लिने भैसक्योम्, तर जुन बृद्ध
जो कि हाम्रा आमा–बाबा हुन्,
जस्ले हामीलाई सही बाटो
हिँडन् सिकायो
आज त्यहि
बृद्धाहरूलाई हेला र तिरस्कार
गर्न खोज्योम् – जुन समय
उहाँहरूलाई अपनत्वको बढि
माया, प्रेम र स्नेह चाहिन्थ्यो।
त्यैबेला हामी आफ्नै दुनियाँमा
रमायौम् र ति बृद्धाहरूलाई
एकांकी जिवन बृद्धाश्रममा
जिउन् बाध्य बनायौम्।
आखिर के गल्ती गरे होलान् ???