दुई लाख बढीले लिए झापामा राष्ट्रिय परिचयपत्र

Newslaya Home

दुई लाख बढीले लिए झापामा राष्ट्रिय परिचयपत्र

शनिबार २५, पुष २०७७

झापा । पन्ध्र स्थानीय तहमध्ये झापाका छ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरेका छन् । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाख बढीले परिचयपत्र लिइसकेका हुन् ।

छ पालिकाकाका दुई लाख २ सय ९ जनाले परिचयपत्र लिइसकेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । दुई वर्षअघि शुरु गरिएको परिचयपत्र वितरण कार्य कोडिभ–१९ का कारण डेढ महिना प्रभावित भएको थियो । शुक्रबारदेखि गाउँपालिकामा पनि परिचयपत्र वितरण शुरु गरिएको छ ।

चार लाख ९० हजार बढीलाई परिचयपत्र वितरण गर्ने उद्देश्य राखेर शुरु गरेको झापामा आधाभन्दा बढीले लिइसकेको बताइएको छ । अर्जुनधारा नगरपालिकामा ३० हजार ८७७, शिवसताक्षीमा ३५ हजार ७७६, भद्रपुरमा २१ हजार ५८७, दमकमा ३२ हजार ६९९, विर्तामोडमा ३४ हजार ४७१ कन्काइमा २६ हजार ३४८ ले परिचयपत्र लिइसकेका छन् ।

झापापछि टोली मोरङ जाने बताइएको छ ।