ट्रम्पको ट्वीटर एकाउन्ट सदाका लागि बन्द !

Newslaya Home

ट्रम्पको ट्वीटर एकाउन्ट सदाका लागि बन्द !

शनिबार २५, पुष २०७७

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट सदाका लागि बन्द गरिएको छ । सामाजिक संजालमा उनले उत्श्रृङ्खल गतिविधि गर्नेहरुलाई प्रोत्साहित गरेको भन्दै उनको ट्वीटर एकाउन्ट सदाका लागि बन्द गरिएको हो ।

यसअघि हिंसासम्बन्धी स्टाटस लेखेको भन्दै ट्रम्पको फेसबुक एकाउन्ट २४ घण्टाका लागि बन्द गरिएको थियो। साथै ट्वीटरले पनि उनको एकाउन्ट बन्द गरेको थियो ।

तर, ट्वीटर पुनः सुचारु भएसँगै ट्रम्प सक्रिय भएका थिए ।

ट्रम्पले अमेरिकी प्रदर्शनकारीको आन्दोलनमा समर्थन जनाउँदै ट्वीट गरेका थिए । हिंसात्मक गतिविधिलाई समर्थन गरेको भन्दै उनको खाता बन्द गरिदिएको थियो ।

उक्त घटनापछि ट्रम्पलाई पद छोड्न चौतर्फी दबाब रहेको छ ।