इटहरीका अग्रज संगीतकर्मी रामधामी निमोनियाले ग्रस्त, अवस्था अस्थिर

इटहरी । इटहरीका अग्रज संगीतकर्मी तथा पुर्व प्रज्ञा सदस्य राम धामी निमोनियाले गम्भीर बिरामी भएका छन् । धरानस्थित वीपी प्रतिष्ठानको भेन्टिलेटरमा उनको उपचार भइरहेको इटहरीका संगीतकर्मी राजु केसीले जानकारी दिएका छन् ।
कोरोना पोजेटिभ भएर दुई हप्ताअघि उनलाई धरानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । गत बुधबारको पिसिआर रिपोर्टअनुसार कोरोना नेगेटिभ देखिए पनि निमोनियाले ग्रस्त बनाएपछि आइसियुमा उपचार सुरु गरिएको थियो ।
स्वास प्रस्वासमा गम्भीर समस्या उत्पन्न भएपछि स्वास्थ्य अवस्था अस्थिर बनेको केसीले जानकारी दिएका छन् ।
धामी इटहरीस्थित संगीत साधना प्रतिष्ठानका अध्यक्ष हुन् । साथै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्यसमेत हुन् । उनी विगत लामो समयदेखि इटहरीमा संगीत प्रशिक्षणमा सक्रिय छन् । उनले सिकाएका विद्यार्थीहरुले स्थानीय तथा राष्ट्रिय स्तरमा चर्चा कमाएका छन् ।