भगवानले आत्मा फर्काउइदिने आशमा २० दिनसम्म आमाको शव घरमै

Newslaya Home

भगवानले आत्मा फर्काउइदिने आशमा २० दिनसम्म आमाको शव घरमै

शनिबार १८, पुष २०७७

एजेन्सी । भारतको तमिलनाडु राज्यको डिंडीगुलमा मृत महिलाका दुई बच्चाहरु २० दिनदेखि आमाको आत्म भगवानले फेरि फर्काइदिने आशमा बसेको पाइएको छ ।

समाचारअनुसार तमिलनाडु प्रहरीको हेड कंस्टेबल ती महिलालाई मिर्गौलाको समस्या थियो । लामो समय ती महिला प्रहरी चौकीमा नआएपछि एक महिला प्रहरी ती महिलाको घर गइन् । उनका दुई बच्चाले आफ्नी आमा सुतिरहेको बताए । तर, त्यहाँ निकै गन्ध आइरहेको थियो । १३ वर्षीय र ९ वर्षीय बालकले आमालाई नउठाउन भनेका थिए ।

त्यसपछि ती महिला प्रहरीलाई शंका लागेर प्रहरीलाई सूचना गरिन् । प्रहरी त्यहाँ पुग्दा ती महिला करिब २० दिन अगाडि नै मरिसकेकी खुलासा भयो । ती मृतक महिलाकी बहिनी र एक पुजारीले पूजा गरे भगवानले आत्मा फर्काइने भन्दै शवको पूजा गरिरहेकोसमेत प्रहरीले जनाएको छ । प्रहरीले मृतककी बहिनी र पुजारीलाई हिरासतमा लिएको छ ।