टेंग्रा फेरी फोहोर (फोटोफिचरसहित)
शिशिर शर्मा
इटहरी । केहि समय अगडी इटहरीको टेंग्रा खोला फोहोर तथा प्रदुषित भयो भनेर विभिन्न संस्थाहरु र स्थानीयको सहयोगमा खोला सफाई अभियान चलाइयो । केही रकम खर्चसमेत भयो इटहरी उपमहानगरपालिकाको । तर त्यसको केहि समय पछि अहिले टेंग्रा खोला पुनः फोहोर हुन थालेको छ ।
स्थानीय र व्यापारीहरुले खोलामा फोहोर फाल्ने गरेका छन् । खोला किनारमा फोहोर फाल्ने ठाउँ र डस्टबिनहरु तोकिएपनि फोहोर छरपष्ट छन् । खोलामा पुनः झार पलाउन थालेको छ ।
साथै सहयोगि दाता जुटाएर यात्रुहरु बस्नको लागि बेन्च पनि राखिएको छ । तर यो बेन्च यात्रुहरुको लागि त्यति प्रभावकारी बन्न भने सकेको छैन ।
साथै टेंग्रा खोलाको पुल पनि जीर्ण अवस्थामै रहेको छ । स्थानीय निकायले यसमा ध्यान नदिँदा यो पुल दिन प्रतिदिन जीर्ण हुँदै गइरहेको छ भने यात्रुहरुलाई आवत जावतमा समस्या हुने गरेको छ ।