कोरोनाभाइरस भ्याक्सिनमा सुँगुरको मासु !

Newslaya Home

कोरोनाभाइरस भ्याक्सिनमा सुँगुरको मासु !

बिहीबार ०९, पुष २०७७

एजेन्सी । पछिल्लो समय कोरोनाभाइरस भ्याक्सिनबारे नयाँ नयाँ तथ्य बाहिर आएका छन् ।

यसमा सुँगुरको मासु पनि प्रयोग भएको खुलेको छ । संयुक्त अरब इमिरेट्समा त यसबारे नयाँ अनुसन्धान गरी बहस चलाईएको छ ।

सुँगुरको मासु प्रयोग गरिएको भए पनि युएईको सर्वोच्च इस्लामिक निकाय द युएई फतवा काउन्सिलले यो भ्याक्सिन मुसलमानले पनि प्रयोग गर्न पाउने बताएको छ ।

मुुसलमान समुदायमा पोर्क अथवा सुँगुर मासुबाट बनेका उत्पादनको प्रयोग गरिदैन । त्यही कारण पनि यसलाई युएईमा प्रयोग गर्न मिल्ने या नमिल्ने भन्नेबारे छलफल गरिएको थियो ।