प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवतीद्वारा युवकको अनुहार ब्लेडद्वारा आक्रमण

Newslaya Home

प्रेम प्रस्ताव अस्वीकार गरेपछि युवतीद्वारा युवकको अनुहार ब्लेडद्वारा आक्रमण

शनिबार ०४, पुष २०७७

काठमाडौँ । भारतको बरेलीस्थित हाफिजंगजमा कलेजकी एक छात्राले आफूसँगै पढ्ने एक युवकको अनुहार ब्लेडले चिरिदिएकी छिन् ।

आफ्नो प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै ब्लेडले प्रहार गरेकी हुन् । युवकले भने अझै धेरै पढ्न बाँकी रहेको भन्दै युवतीको प्रस्तावलाई अस्वीकार गरेका थिए । ति युवती उक्त युवकसँग एकोहोरो प्रेममा परेकी थिइन् ।

प्रहरीका अनुसार युवतीले कलेज जाने बाटोमा युवकलाई बोलाएर ब्लेडले युवकमाथि हमला गरेकी थिइन् ।

युवक रगताम्य देखेपछि विद्यार्थीहरुले उनलाई अस्पताल लगेका थिए ।