खतरनाक लागूपदार्थको सूचीबाट हट्यो गाँजा

Newslaya Home

खतरनाक लागूपदार्थको सूचीबाट हट्यो गाँजा

शुक्रबार १९, मङि्सर २०७७

काठमाडौं । संयुक्त राष्ट्रसंघले लागूऔषधको रुपमा लिइने भाङ तथा गाँजालाई अति खतरनाक लागूपदार्थको सूचीबाट हटाएको छ ।

गाँजामा औषधिजनक गुण भएको भन्दै यसलाई एक वनस्पतिको रुपमा चित्रित गरिएको छ । भाङलाई खतरनाक लागूऔषधको सूचीबाट हटाउनुपर्ने विश्व स्वास्थ्य संगठनको सिफारिसलाई मादक पदार्थ सम्बन्धी आयोगले यही बुधबार अनुमोदन गरेको हो ।

१९६१ मा भएको राष्ट्रसंघीय महासभाबाट गाँजा तथा भाङलाई चौँथो श्रेणीको लागूऔषधको रुपमा सूचीकृत गरेको थयो । यस्ता पदार्थलाई अत्याधिक लत र दुरुपयोगका लागि जिम्मेवार मानिदैन बरु तिनलाई विशेषगरी हानिकारक र कत्याधिक सिमित मेडिकल वा चिकित्सकीय मुल्यको रुपमा पनि लिइएको छ ।

राष्ट्रसंघीय आयोगको निर्णयसँगै यसलाई धेरैजसो औषधि निर्माण कम्पनी तथा संस्थाहरुले स्वागतयोग्य समाचारको रुपमा लिएका छन् । विशेषगरी गाँजालाई औषधिको रुपमा प्रयोग गर्ने लाखौँ मानिसका लागि यो सुखद समाचार भएको यस सम्बन्धी वकालत गर्दैआएका संस्थाहरुले जनाएका छन् । साथै भाङमा आधारिक औषधि उत्पादन बजारका लागि पनि यो सुखद भएको बताइएको छ ।

राष्ट्रसंघीय आयोगले बुधबार मतदानका आधारमा भाङलाई खतरनाक सूचीबाट हटाएको हो । आयोगमा संलग्न देशहरुबीच गाँजालाई खतरनाक लागूऔषधको सूचीबाट हटाउन अमेरिका, बेलायत, जर्मनी र दक्षिण अफ्रिकाले पक्षमा मत दिए भने ब्राजिल, चीन, रुस र पाकिस्तानले विपक्षमा मतदान गरेका थिए ।