महिला बचतको २२ औँ साधरणसभा सम्पन्न

Newslaya Home

महिला बचतको २२ औँ साधरणसभा सम्पन्न

शुक्रबार १९, मङि्सर २०७७

इटहरी । महिला बचत तथा ऋण सहकारी संस्थाको २२ औं साधरणसभा सम्पन्न भएको छ । प्रदेश १ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले साधरणसभाको उद्घाटन गर्दै सहकारीलाई व्यवस्थित बनाएर गाउँ र शहरमा बजारीकरण गर्न सकिने बताए ।

सहकारीले कृषिजन्य, दुधजन्य र सुपरमार्केटमा बजारीकरण गर्दै जानुपर्ने आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवाले सहकारीले समाजमा सकरात्मक भूमिका खेले रोजगार र बचतमा महत्वपूर्ण भूमिका हुने बताए । सहकारी समाज परिवर्तनको माध्यम भएको उनको भनाई छ । त्यस्तै कार्यक्रममा राष्ट्रिय सहकारी बैकका निर्वतमान अध्यक्ष रमेश पोखरेल सहकारीले निजी अर्थतन्त्रले उल्लेखनिय भूमिका खेलेको बताए ।

कार्यक्रममा बोल्दै संस्थाकी अध्यक्ष अमृता सुब्बाले सहकारीलाई अझ व्यवसायिक मुलक रुपमा अगाडी बढाउने बताइन् । महिलाहरुलाई स्वरोजगार बनाउन महिला सहकारीले अहिलेसम्म महत्वपूर्ण भूमिका खेल्दै आएको र आगमी दिनमा थप उत्साहको साथ काम गर्ने उनले जनाइन् ।

इटहरीमा ०५५ सालमा महिला बचत तथा ऋण सहकारी संस्थाको स्थापना भएको थियो । यो सहकारी अहिले इटहरीकै उत्कृष्ट सहकारीका रूपमा उदाएको छ । ७५ जना महिलाले १ लाख रुपैयाँ संकलन गरी झोला सहकारीका रूपमा घरदैलो अभियान सुरु गरेको यस सहकारीमा हाल १० हजार बढि सेयर सदस्यहरू रहेका छन् । हाल संस्थाको कुल पुँजी ६५ करोड भन्दा बढी छ । ४२ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ ।

महिला बचतले व्यवसाय, कृषि र शिक्षा लगायत क्षेत्रमा लगानी गर्दै आएको छ । हाल १० हजारलाई सेवा प्रवाह गरिरहेको जनाइएको छ । बिनाधितो ५ लाख रुपैयाँसम्म कर्जा प्रवाह गर्ने उक्त सहकारीले धितोअन्तर्गत भने ६० लाख रुपैयाँसम्म लगानी गरिरहेको छ ।