तरहराको पानीपिया दुर्घटना हुँदा एक जनाको मृत्यु

Newslaya Home

तरहराको पानीपिया दुर्घटना हुँदा एक जनाको मृत्यु

शुक्रबार १९, मङि्सर २०७७

धरान । इटहरी–२० तरहरास्थित पानीपियामा भएको सडक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

सवारी साधनको ठक्करबाट घाइते भएका नाम ठेगाना नखुलेका एक जना पुरुषको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सीमा उपचारको क्रममा गए राती मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

धरान–१३ का राजीव आर्चायको पहलमा इटहरी जाँदै गरेको को १ प ५२८४ एम्बुलेन्स फर्काएर घाइते पुरुषलाई प्रतिष्ठानको इमरजेन्सीमा भर्ना गरिएको थियो ।

उपचारको क्रममा मृत्यु भएकाको पहिचान खुल्न नसकेको र प्रत्यक्षदर्शी पनि नभएकाले अनुसन्धान गर्न असहज भएको प्रहरीले बताएको छ ।