लैङ्गिक हिंसा विरुद्ध खनारमा अन्तरक्रिया

Newslaya Home

लैङ्गिक हिंसा विरुद्ध खनारमा अन्तरक्रिया

– रोजिना खतिवडा
शुक्रबार १९, मङि्सर २०७७

इटहरी । इटहरी उपमहानगरले लैङ्गिक हिंसा विरुद्ध १६ दिवशिय अभियान अन्तर्गत आज (शुक्रबार) इटहरी वडा नं.१२ खनारमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उपप्रमुख लक्ष्मी गौतमको प्रमुख आतिथिय र कार्यपालिका सदस्य शान्ता अधिकारीको अध्यक्षतामा खनार रेडक्रसको भवनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रतिरक्षा समूह, साथी समूह र अन्य सरोकारवाला बीच लैङ्गिक हिंसाको विषयमा छलफल भएको थियो ।

कार्यक्रममा उपप्रमुख गौतमले प्रतिरक्षा समूह र साथी समूहमा रहेकाहरुलाई गाउँगाउँमा गएर हिंसाका घट्नाको भएनभएको सर्वेक्षण गरेर त्यसको समाधानका लागि पहल गरेर आफूहरुलाई सहयोग गर्न आग्रह गरिन् । कार्यक्रममा बोल्दै उनले आफू हिंसामा परेको भए चुप लागेर नबस्न समेत आग्रह गरिन् । साथै उनले आगामी दिनमा महिला तथा किशोरीहरुलाई सेल्फ डिफेन्स लगायत अन्य विभिन्न कुराको तालिमहरु सोत दिने प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा बोल्दै वडा नं.१२ की महिला सदस्य तथा कार्यापालिका सदस्य शान्ता अधिकारीले यस प्रकारको अभियान अहिले अन्तराष्ट्रिय स्तरमै भइरहेको र यस्तो अभियानमा आफूहरुलाई साथ दिन समेत आग्रह गरिन् । उनले प्रतिरक्षा र साथी समूहमा रहेका सम्पूर्णलाई लैङ्गिक हिंसा विरुद्ध लड्न आफूहरुलाई आगामी दिनमा पनि यसरी नै सहयोग गरिदिन आग्रह गरिन् ।

कार्यक्रममा २५ जना महिला तथा किशोरीहरुको उपस्थिति रहेको थियो । यस १६ दिवशिय अभियानको समापन मंसिर २५ गते तालतलैयामा गरिने उपमेयर गौतमले जानकारी दिइन् । उनका अनुसार अहिले यस अभियान इटहरी उपमहानगरपालिकका २० वटै वडामा गरिराखिएको छ । यस अभियानले गर्दा आफू प्रत्येक महिला तथा किशोरीसँग जोडिन र उनीहरुको समस्या बारे प्रत्यक्ष रुपमा जानकार हुन पाउँदा खुशी व्यक्त गर्दै आगामी दिनमा अब महिलाहरुले त्यसप्रकारको हिंसा भोग्न नपर्ने उनले बताइन् ।

No description available.

No description available.