बढ्यो सुनचाँदीको भाउ

Newslaya Home

बढ्यो सुनचाँदीको भाउ

शुक्रबार १९, मङि्सर २०७७

काठमाडौं । शुक्रवार(आज) सुन र चाँदीको मूल्य सामान्य वृद्धि भएको छ । बिहीवारको तुलनामा आज छापावाल सुन ३ सय रुपैयाँले बढेर ९२ हजार ९ सय रुपैयाँ प्रतिोलामा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन पनि तोलामा ३ सय रुपैयाँले बढेर ९२ हजार ४ सय ५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । बिहीवार १२ सय ५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य शुक्रवार ५ रुपैयाँले बढेर १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।