उदयपुरको कटारीमा बम विस्फोट हुँदा ४ जना घाइते

Newslaya Home

उदयपुरको कटारीमा बम विस्फोट हुँदा ४ जना घाइते

शुक्रबार १९, मङि्सर २०७७

धरान । उदयपुरको कटारी नगरपालिका–८ स्थित सौर्य सिमेन्टको खानी क्षेत्रमा गए राति बम विस्फोट हुँदा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भिमबहादुर दाहालका अनुसार गए राती बम विस्फोट हुँदा भाग्ने क्रममा चार जना मजदुर घाइते भएका हुन् । मजदुरहरु भाग्नेक्रममा लडेर घाइते भएका हुन् । ’

बम विस्फोट कसले र किन गराएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घाइते चारैजनलाई कटारी अस्पताल लगिएको र घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।