अब बेदान्त हस्पिटलमा प्रत्येक शनिबार मुटुरोगको उपचार हुने

Newslaya Home

अब बेदान्त हस्पिटलमा प्रत्येक शनिबार मुटुरोगको उपचार हुने

शुक्रबार १९, मङि्सर २०७७

इटहरी । इटहरीस्थित बेदान्त हस्पिटलमा अब प्रत्येक शनिबार मुटुरोगको उपचार हुने भएको छ ।

हाल विराटनगरको नोबेल मेडिकल कलेजमा सेवा दिईरहेका वरिष्ठ प्रेसर तथा मुटुरोग विशेषज्ञ डा. माधव बिष्टले प्रत्येक शनिबार इटहरीको बेदान्त हस्पिटलमा सेवा दिने भएका हुन् ।

बेदान्त हस्पिटलका प्रबन्ध निर्देशक इन्द्र श्रेष्ठले मुटुरोग सम्बन्धि गहिरो अनुभव बटुलेका बिष्टले इटहरीमै सेवा दिने भएपछि यहाँका सेवाग्राहीले लाभ लिने विश्वास व्यक्त गरे ।

मुटुको भिडियो एक्स रे, इ.सि.जि. ल्याब गर्दा २५ प्रतिशत छुट समेत दिइने श्रेष्ठले बताए ।