२९ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा प्रकाशपुरमा स्वास्थ सामग्री बितरण

Newslaya Home

२९ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा प्रकाशपुरमा स्वास्थ सामग्री बितरण

शुक्रबार १९, मङि्सर २०७७

प्रकाशपुर । २९ औं अन्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा बराहक्षेत्र नगरपालिका वाड नं. ९ र १० मा रहेका अपाङ्गता भएका करिब २०० जनालाई माक्स, सेनिटाईजर, साबुन बितरण गरिएको छ ।
बराहक्षेत्र नगरपालिका वाड नं. १० प्रकाशपुर बजार स्थित दुर्गा मन्दिर परिसरमा बिहिबार एक कार्यक्रमको आयोजना गरी सामाग्री वितरण गरिएको हो ।

बराहक्षेत्र १० नं. वडा सदस्य सरिता खत्रीको प्रमुख आतिथ्य र अपाङ्गहरुको हकहित र अधिकारका लागि करुणा फाउन्डेसन नेपालद्वारा स्थापना गरिएको मिलिजुली समुह बराहक्षेत्र वाड नं. १० का अध्यक्ष राजन बस्नेतको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वाडमा रहेका अपाङ्गहरुको हकहित, अधिकार र शिक्षा, स्वास्थ जस्ता कुराहरुमा सधै वार्डले सहयोग गर्न पछि नपर्ने वडा सदस्य सरिता खत्रिले बताईन् ।

बराहक्षेत्र नगरपालिकाले संचालन गरिरहेको हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम पश्चात अपाङ्गता भएका व्यक्तिहरु संगठित भई कार्य गर्न थालेकोमा सरोकार पक्षको ध्यान जानुपर्ने करुणा फाउन्डेसन नेपाल बराहक्षेत्र ९ र १० नं. वडा सहजकर्ता दिपकला बस्नेतले बताईन् ।

अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले साथ दिएमा जस्तो सुकै कार्य गर्न पछि नपर्ने कार्यक्रमका सभाध्यक्ष राजन बस्नेतले बताए । उक्त कार्यक्रममा बराहक्षेत्र नगरपालिका वाड नं.९ की १९ वर्षीया २९ इन्च अग्ली कल्पना कविरथलाई प्रथकिम स्वास्थ्य सामग्री दिएर कार्यक्रमको सुरुवात गरिएको थियो ।

बराहक्षेत्र नगरपालिका आयोजक रहेको कार्यक्रममा करुणा फाउण्डेसन नेपाल, नगर अपाङ्ग समन्वय समिति बराहक्षेत्र नगरपालिका, वडा कार्यालयहरु सबैको सहकार्य रहेको थियो भने मिलिजुली समुह बराहक्षेत्र न.पा. १० का सचिव फडिन्द्र अधिकारी झटारेले कार्यक्रमको सहजीकरण गरेका थिए ।