लाइसेन्सको फर्म खोल्ने तयारीमा यातायात कार्यालय

Newslaya Home

लाइसेन्सको फर्म खोल्ने तयारीमा यातायात कार्यालय

बिहीबार १८, मङि्सर २०७७

काठमाडौँ । यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स)को फर्म खोल्ने तयारी गरेको छ ।

कोरोना महामारीसँगै बन्द भएको लाइसेन्स वितरणको कार्य पुनः सञ्चालन गर्न यातायात व्यवस्था विभागले प्रदेश मातहतका कार्यालयलाई आग्रह गरेको हो।

विभिन्न किसिमको चालक अनुमतिपत्र लिनका लागि हजारौं व्यक्ति प्रतिक्षारत छन्। उनीहरुले चाँडो परीक्षा सञ्चालन गर्न दबाब दिँदै आएका छन्। विभागले प्रदेशका यातायात मन्त्रालयले निर्णय गरे बमोजिम हुने भएकाले सम्बन्धित कार्यालयमै सम्पर्क गरेर फर्म खुल्ने मितिबारे जानकारी लिन आग्रह गरेको छ।