गोवामा एक नेपालीको सुतिरहेको अवस्थामा मृत्यु

गोवा । गत डिसेम्बरमा रोजगारीका सिलसिलामा भारत गएका दाङ बबई गाउपालिका–४ सुन्दरखालका ३४ वर्षीय कविराज नेपालीको मृत्यु भएको छ ।
नेपाली सुतिरहेको अवस्थामा मृत फेला परेका गोवामा रहेका लोकेन्द्र श्रीपालीले जानकारी दिए । उनको मृत्युको कारण बारे अहिलेसम्म कुनै पनि आधिकारिक जानकारी आएको छैन ।
गोवा प्रहरीले उनको मृत शरिर पोस्टमार्टमका लागि गोवा मेडिकल कलेजमा रिफर गरेको छ । पोस्टमार्टम रिपोर्ट आइसकेपछि अत्यष्ठि गरिने मृतक कबिराजका नातेदार हेमराज बिसीले जानकारी दिएका छन् ।
उनी परिवार सहित विगत तीन वर्षदेखि गोवा कंलगुड स्थित गाडन सोसाइटीमा काम गर्दै आइरहेका थिए । मृतक कबिराजको श्रीमति अस्मिता नेपाली सहित दुई छोरा र एक छोरी छन् ।