सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृतक राईको परिवारलाई मृत्युदाबी भुक्तानी

Newslaya Home

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा मृतक राईको परिवारलाई मृत्युदाबी भुक्तानी

बिहीबार १८, मङि्सर २०७७

इटहरी । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय धरानले स्व.श्री चन्द्रमा राईको भाइ श्री महेन्द्र राईलाई मृत्युदाबी भुक्तानी बापत रु. ३७४००० रकम हस्तान्तरण गरेको छ ।

इन्स्योरेन्स कम्पनीले हतुवागढि गाउँपालिकामा एक कार्यक्रमका बीच उक्त रकम भुक्तानी गरेको हो । हतुवागढी गाउँपालिका प्रमुख प्रेम कुमार राई, प्रशासकिय अधिकृत मणिराम खतिवडा, वडा अध्यक्ष जोर कुमार राई र धरान शाखा प्रमुख खगेन्द्र तोलाङ, एजेन्सी म्यानेजर श्री नर्मदा श्रेष्ठलगायत अन्य एजेन्सी म्यानेजरहरुको उपस्थितिमा उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो ।

राई परिवारलाई यस रकमले थोरै भएपनि आर्थिक भार कम हुने विस्वासले रकम भुक्तानी गरिएको धरान शाखा प्रमुख तोलाङले बताए ।