जनसेवा युवा क्लबद्वारा अपाङ्गता दिवसका अवसरमा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

Newslaya Home

जनसेवा युवा क्लबद्वारा अपाङ्गता दिवसका अवसरमा भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न

बिहीबार १८, मङि्सर २०७७

लेटाङ । २९ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा मोरङको लेटाङस्थित जनसेवा युवा क्लबले बिहीबार अपाङ्गता भएका व्यक्तिको घर घरमै पुगेर भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा संस्थाका १० जना शारीरिक तथा भाषिक अपाङ्गता रहेका सदस्यहरुको अवस्था, राज्यबाट पाउने सुविधाको अवस्था र क्लबले प्राविधिक पक्षमा आवश्यक सहयोगको प्रतिबद्धता समेत जनाएको क्लबका अध्यक्ष राजु गौतमले बताए ।

यस वर्ष ‘कोभिड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिश्चितताः अपाङ्गता भएका व्यक्तिको पहुँच र दिगो विकासका लागि हामी सबैको प्रतिबद्धता’ भन्ने राष्ट्रिय नारा तय गरिएको थियो ।

No description available.